शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सान्चेजले इन्टर मिलान छाड्ने

मङ्गलबार, २४ साउन २०७९, ०६ : २४
मङ्गलबार, २४ साउन २०७९

आपसी समझदारीमा इन्टर मिलान र फरवार्ड एलेक्सिस सान्चेजले सम्झौता समाप्त गरेका छन् । ३३ वर्षीय खेलाडीको सहयोगमा सिरी ए क्लब इन्टरले सन् २०२२ को उपाधि जितेको थियो । तर, पूरा समय मैदान बिताउन सान्चेजले निकै मेहनत गर्नुपर्यो । 

इन्टर छाडेका सान्चेज फ्रेन्च क्लब मार्सेली जान चाहन्छन् । 'यो क्लबमा पछिलो तीन वर्ष बिताएका एलेक्सिस सान्चेजलाई धन्यवाद । उनको भविष्यको लागि कामना गर्दछौं' इन्टरले भनेको छ । 

इन्टरले सिरी ए को नयाँ सिजनको पहिलो खेलमा शनिबार लिससँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप