शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, २३ साउन २०७९, २० : ५४
सोमबार, २३ साउन २०७९

बैंकिङ कसुर मुद्दाका फरार रहेका बुढानिलकण्ठ नगरपालिका-१० ज्योतिनगर एकतावस्ती कपन बस्ने ३४ वर्षीय रौशन कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१० ज्योतिनगर एकतावस्ती कपनबाट पक्राउ गरेको हो । 

सर्लाही ब्रम्हपुरी गाउँपालिका-२ घर भएका गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सानिमा बैंक लिमिटेड काठमाडौंमा रहेको खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप