जीवन बीमक संघद्वारा ७० लाख सहयोग
जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेल तीस लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीको सहभागिता थियो । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय संचालन गरेको छ ।
त्यसैगरी, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ । यस्तै नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।