शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

सोमबार, २३ साउन २०७९, १८ : २५
सोमबार, २३ साउन २०७९

भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।

प्रशिक्षकको हैसियतमा उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघको रणजी ट्रफी टोलीसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गरेको अनुभव छ।  ‘नेपालमा क्रिकेटप्रतिको मेरो चासो पहिलेदेखि छ । नेपाली खेलाडीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेको छु । त्यसैले म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु,’ प्रभाकरले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप