शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

सोमबार, २३ साउन २०७९, १८ : २१
सोमबार, २३ साउन २०७९

बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरू सार्वजनिक गरेको छ । वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राहकका लागि विभिन्न आकर्षक सुविधाको साथ उच्चतम ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरूले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

आजको स–साना बचतले भविष्यको ठुला वित्तीय आवश्यकताहरु सहज रुपमा ब्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले वित्तीय व्यवस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम ब्याज आम्दानीको सुनिश्चितताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको जनाएको छ । 
 
यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम् रु १,००० देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०%सम्म कर्जा पाउने ब्यवस्था रहेको छ ।  

बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजानिक  गरेको हो । खातावाहकहरुको वर्तमानको वित्तीय व्यवस्थापनसहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुबिधा रहेको बैंकले जनाएको छ । 

न्यूनतम् कुल मौज्दात रु २ लाख भएको यस खातामा ग्राहकलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको छ । साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुबिधा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप