अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन
सोमबार, २३ साउन २०७९, २३ : ०८
सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन चाहनेलाई सच्याउन निर्देशन दिएका हुन् ।
नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए । सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले त्यसरी अपमानजनक ढंगले जारी गरिएका नागरिकता सच्याउनुपर्ने र त्यसरी हस्ताक्षर गर्ने अधिकारीको हात किन नकाट्ने भन्दै प्रश्न गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण