सत्ता गठबन्धन कार्यदलको बैठक साउन २६ गते फेरि बस्ने
चुनावी तालमेलका लागि मोडालिटी तयार गर्न बनेको सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा भागबण्डाको मोडालिटीको सन्दर्भमा सामान्य छलफल भएको कार्यदलकी सदस्य दुर्गा पौडेलले जानकारी दिइन् ।
उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ । आजको कार्यदलमा भएको छलफलबारे गठबन्धन दलमा आन्तरिक छलफल भएर फेरि बैठक बस्ने सहमति भएको पौडेलको भनाइ छ ।
कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान