२१ देखि ३० वर्षसम्मका सबैभन्दा बढी कोरोना संक्रमित
सोमबार, २३ साउन २०७९, १७ : ५३
![२१ देखि ३० वर्षसम्मका सबैभन्दा बढी कोरोना संक्रमित](https://rpcdn.ratopati.com/media/albums/pcr-test-swab-cartoon_UetS8rKFsh.jpg)
गएको २४ घण्टामा ९३४ जना कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका बढी संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार यस उमेर समुहमा १५६ जना संक्रमित भएका छन् ।
मन्त्रालयका अनुसार १० वर्ष मुनिका बालबालिका सबैभन्दा कम संक्रमित भएका छन् भने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक दश/दश जना संक्रमित भएका छन् ।
यस्तै, ३१ देखि ४० वर्षसम्मका १०२ जना संक्रमित भएका छन् भने ४१ देखि ५० वर्ष उमेर समूहका ६२ जनामा संक्रमण पुष्टि भएको छ । ५१ देखि ६० वर्ष उमेर समूहका ५१ जना संक्रमित भएका छन् भने ६१ देखि ७० वर्षसम्मका ४० जनामा संक्रमण भएको छ ।
मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी संक्रमित घरबाहिर निस्कने अर्थात् काममा सक्रिय हुने उमेर समूह भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा