२० दिनमा बैंकबाट बाहिरियो ९५ अर्ब रुपैयाँ
बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोकिएको छैन । आर्थिक वर्ष सुरु भएसँगै लगातार वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिरहेकोमा साउन २० गतेसम्म ९५ अर्ब रुपैयाँ बाहिरिएको हो । नेपाल बैंकर्स संघले दिएको रिपोर्टअनुसार साउन १३ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुबाट ९१ अर्ब रुपैयाँ बाहिरिएकोमा पछिल्लो हप्ता अर्थात् साउन २० गतेसम्म थप ४ अर्ब रुपैयाँ बाहिरिएको हो ।
संघका अनुसार साउन १ गतेदेखि २० गतेसम्म कुल ९५ अर्ब रुपैयाँ बाहिरिँदै ४४ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । यस्तो निक्षेप गत असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको थियो । यता वितीय तरलता बढेसँगै बैंकहरुले लगानीमा कडाई गरेपछि कर्जा लगानी भने खासै हुनसकेको छैन ।
संघका अनुसार साउन १ गतेदेखि २० गतेसम्म २६ वटा बैंकले ९ अर्ब रुपैयाँले कर्जा घटाउँदै कुल ४१ खर्ब ६६ अर्ब रुपैयाँ लगानी गरेका छन् । जबकी असार मसान्तसम्म बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई रोक्न नियमन आयोगले दिएको निर्देशनले सरकारलाई ४० करोड घाटा
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग