बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी चितवनले भन्यो– प्रचण्ड तीन नम्बरबाटै लड्नुहुन्छ

सोमबार, २३ साउन २०७९, १७ : २९
सोमबार, २३ साउन २०७९

नेकपा माओवादी केन्द्र चितवन जिल्ला कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३  बाट लड्ने बताएको छ । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रचण्ड क्षेत्र नम्बर तीन बाटै चुनाव लड्ने निर्णय गरेको हो । योसँगै चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्डलाई जिताउने गरी पार्टीले आवश्यक रणनीति अपनाउने  जिल्ला पार्टी अध्यक्ष आरसी अधिकारीले बताए ।

‘अध्यक्ष प्रचण्ड कमरेडको चुनाव लड्ने चितवन क्षेत्र नम्बर तीन नै हो अर्को कुनै जिल्ला वा क्षेत्र छैन । बाहिर अनावश्यक रुपमा मिडियामा कुन जिल्ला कुन क्षेत्र भनेर अनेक आइरहेका छन्’ रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने, ‘चितवनबाटै चुनाव लड्ने भएकाले पार्टीले संगठन परिचालन, प्रशिक्षण र विकास निर्माणको प्रगतिका विषयमा निर्णय गरेका छौ । त्यस्तै मतदातासँगको जनसम्बन्ध र गठबन्धन पार्टीका नेताहरूसँगको समन्वयको विषयमा समेत ध्यान दिनेछौ ।’ अध्यक्ष प्रचण्ड चुनाव लड्ने भएकाले संगठनको काम कारवाहीलाई समेत तीन नम्बर क्षेत्रमा केन्द्रीत गरिने अधिकारीले बताए ।

‘अध्यक्ष चितवन क्षेत्र नम्बर तीनबाट निर्वाचित हुन कुनै समस्या छैन । चितवनका जनताले उहाँको आवश्यकता महशुस गरेका छन्’ अधिकारीले भने, ‘अघिल्लो चुनावमा एमाले माओवादी गठबन्धन हुँदा फराकिलो मत अन्तरले जित्नु भएको हो । यो पटक पनि फराकिलो मत अन्तरले नै जित्नुहुन्छ भन्ने विश्वास लिएका छौ ।’ चितवनको विकास निर्माणका लागि पनि सबै पार्टीका नेता कार्यकर्ताले प्रचण्डको आवश्यकता महशुस गरेको माओवादी नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप