बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन

सोमबार, २३ साउन २०७९, १७ : २०
सोमबार, २३ साउन २०७९

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र  सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।

महानगरपालिका मेयर बालेन्द्र साहले सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।

शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्षरित पत्रमा अन्यथा नियमानुसार कारबाही गर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप