बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाबाट चुनाव लडने ज्ञानेन्द्र शाहीको घोषणा

सोमबार, २३ साउन २०७९, १९ : ००
सोमबार, २३ साउन २०७९

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गरेर शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् ।  उनलाई आफूलाई जन्म जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको बताए ।

आफूलाई काठमाडौं क्षेत्र नम्बर १ र २ सहित चितवन, झापा तथा कैलालीबाट चुनाव लड्न प्रस्ताव आएपनि जुम्ला नै रोजेको उनको भनाइ थियो ।  उनले जुम्लाले आफूलाई हराए पनि कुनै पश्चाताप नरहने बताए ।  कार्यक्रममा पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप