शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

सोमबार, २३ साउन २०७९, १६ : २२
सोमबार, २३ साउन २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । 

वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार थिए । मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप