शिक्षामन्त्रीको प्रस्ताव : पढ्न विदेश जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको बताएका छन् । सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
‘नर्सिङलगायतका विषयमा विद्यार्थीले चाहे अनुसार पढ्न नपाएको गुनासो गम्भिर तरिकाले उठेको छ’ मन्त्री पौडेलले भने, ‘कानुन संशोधन गरेरै भएपनि पढ्न विदेश जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं ।’ मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै मन्त्री पौडेलले उक्त कुरा कार्यान्वयन गर्न निर्देशन समेत दिए ।
‘दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ,’ मन्त्री पौडेलले निर्देशन दिँदै भने, ‘यसलाई कार्यान्वयन गरौं आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण