जापानिज प्रविधि सिक्न चाहान्छौं : प्रचण्ड

person explore access_timeसाउन २३, २०७९ chat_bubble_outline0

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले कृषिको आधुनिकीकरण, व्यवसायिकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधिको अनुसरण गर्न चाहेको बताएका हुन् ।


‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो । हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यसका लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं ।’ 



उनले जापानको प्रविधि आफुहरुले सिक्न चाहेको पनि बताए ।  ‘यहाँ महामहिम राजदूत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ । तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्याउन पहल गरौं’, प्रचण्डको भनाइ छ ।  अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पूर्वराजदूत तथा जापानिज एग्रिकल्चर सोसाइटीका भ्वाइस प्रेसिडेन्ट मासामिची साइगोर साइटा प्रिफेक्च्युअलका प्रतिनिधिहरुले स्वागत गरेका थिए  । त्यस्तै जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।