शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनामै थपिए कञ्चनपुरमा नौ हजार बढी मतदाता

सोमबार, २३ साउन २०७९, १५ : ४६
सोमबार, २३ साउन २०७९

कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । उनका अनुसार नयाँ थप भएका मतदातामा महिला चार हजार नौ सय ६६ र पुरुष मतदाता चार हजार आठ सय ६२ रहेका छन । 

यसअघि जिल्लामा दुई लाख ९५ हजार तीन सय ५४ कूल मतदाता रहेका थिए । थप नयाँसहित मतदाता सङ्ख्या तीन लाख पाँच हजार एक सय ८२ पुगेको छ । “प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलनको कार्य स्थगित गरिएको छ”, अधिकृत जोशीले भने, “केही दिनभित्रै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्छौँ । यसमा नाम सच्याउने, ठेगाना सार्ने, मृत्यु भएका मतदाताको नामावली हटाउने लगायतका कार्य हुने छन् ।”  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप