शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा

सोमबार, २३ साउन २०७९, १५ : ३०
सोमबार, २३ साउन २०७९

भायानेट कम्युनिकेसनले बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्व-साधारण पनि लाभान्वित हुने कम्पनीले जनाएको छ। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सूपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन पाउनेछन्।
नयाँ शाखा सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको जनाएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउने जनाइएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप