शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

सोमबार, २३ साउन २०७९, १८ : ००
सोमबार, २३ साउन २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो ।

 राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।

जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । संघ र प्रदेशको चुनावमा राष्ट्रिय एकता पार्टी नेपाललाई समुचित स्थान दिइनुको साथै राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमकुमारलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ को इन्चार्जको समेत जिम्मेवारी दिएको सम्झौतापत्रमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप