बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा भक्तपुरका बेसबल खेलाडीको सहभागिता

सोमबार, २३ साउन २०७९, १४ : ०१
सोमबार, २३ साउन २०७९

भक्तपुरका बेसबल खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको क्याचबल क्लासिक प्रतियोगितामा सहभागिता जनाएका छन्। जापान व्यावसायिक बेसबल खेलाडी संघ र फुकुसिमा बेसबल परियोजनाले आयोजना गरेको “क्याच–बल क्लासिक २०२२” प्रतियोगितामा भक्तपुरको चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका खेलाडीहरुले सहभागिता जनाएका हुन्। चाँगुनारायण नगरपालिकाबाट भक्तपुर बेसबल तथा सफ्टबल क्लब ‘राईजिङ स्टार्स’ र भक्तपुर नगरपालिकाकाबाट ख्वापा किंग्स क्लबका खेलाडीहरु सहभागी रहेका थिए। अनलाइन प्रविधिको माध्यमबाट गरिएको उक्त प्रतियोगितामा नेपालसहित चीन, थाइल्याण्ड, भियतनाम, कोरिया, फिलिपिन्स, अष्ट्रेलिया, जापान, न्यूजील्याण्डलगायत मुलुकका खेलाडीहरूको पनि सहभागिता रहेको नेपाली राष्ट्रिय बेसबल टोलीको प्रमुख प्रशिक्षक रोशन थापाले जानकारी दिए। 

प्रतियोगितामा नेपालको तर्फबाट १६ वर्ष मुनिका र १६ वर्षमाथिका गरी दुई टोलीले सहभागिता जनाएका थिए। जसमा १६ वर्ष मुनिको टोलीले ६८ अंक मात्रै जोडेको थियो भने १६ वर्षमाथिको टोलीले ९९ अंक जोड्न सफल भएको थियो। 

क्याचबल खेल बेसबलको ओरिजिन हो, जसमा ९ जना खेलाडी दुई भागमा विभाजन हुने गर्छन्। एक भागमा ५ र अर्को भागमा ४ जना हुन्छन्। दुई मिनेटको समयमा जुन टिमले धेरै क्याच खेल्न सक्छ त्यो टिम विजयी हुने छ। पहिलो हुने मुलुकले १ सय ८ अंक जोडेको थियो। क्याचबल खेलको माध्यमबाट दुई देशका बेसबल खेलाडीबीच संस्कृति आदानप्रदान गर्ने उदेश्य राखिएको थापाले बताए। प्रतियोगितामा नेपालका राष्ट्रियस्तरका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप