शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सांसदको गुनासो : काठमाडौको फोहोरले हैजा फैलियो

सोमबार, २३ साउन २०७९, १३ : ५१
सोमबार, २३ साउन २०७९

राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आइसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् ।  सोमबारको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाइएको बताइन् । 

‘दुर्गन्ध नै दुर्गन्ध र अराजको देश हुन लागेको छ स्वतन्त्र उम्मेदवार र युवाले गर्छन् भनेर होहल्ला गरिएको थियो तर अहिले काठमाडौमा दुर्गन्ध धेरै फैलिएको छ’ उनले भनिन्, ‘तर काठमाडौमा अहिले हिँडिसाध्य छैन । फोहोरको व्यवस्थापन नहुँदा हैजा र दुर्गन्ध फैलिएको छ ।’ 

उनले यो दुर्गन्धमा पर्यटकलाई आओ भनेर कसले प्रचार गर्ने भन्दै प्रश्न गरिन् । ‘निर्वाचन सकिएसँगै फोहोर व्यवस्थापन भइसक्थ्यो तर पहल नै भएन’। उनले अध्यक्षमार्फत सरोकारवालाको ध्यानकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप