शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व प्रेमी विवियन रिचर्ड्सलाई घृणा गर्छिन् निना गुप्ता ? भन्छिन्, ‘म पागल छु र ?’

सोमबार, २३ साउन २०७९, १३ : ४८
सोमबार, २३ साउन २०७९

निना गुप्ता बलिउडकी दमदार अभिनेत्रीको रुपमा परिचित छिन् । उनी आफ्नो नीजि जीवनका कारण असाध्यै चर्चामा रहेकी छिन् । निना आफ्नो नीजि जीवनबारे निकै खुलेर कुरा गर्छिन् । निना गुप्ता कुनै समय क्रिकेटर विवियन रिचर्डस्को प्रेममा रहेको कुरा धेरैलाई थाहा छ । यी दुईका एक छोरी पनि छन् । यस्तै अब निनाले आफ्ना पूर्व प्रेमी विवियनबारे कुरा गर्दै आफूले कहिल्यै उनलाई घृणा गर्न नसक्ने बताएकी छिन् ।

निना गुप्ताले आफ्नो पछिल्लो अन्तरवार्तामा उनी आफ्नो पुरानो सम्बन्धबाट अघि बढिसकेको पनि स्पष्ट पारेकी छिन् । निनाले भनिन्, ‘तपाईंले कुनै बेला माया गर्ने व्यक्तिलाई घृणा गर्न असम्भव छ । म के सोध्न चाहन्छु भने जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ तब उसलाई कसरी घृणा गर्न सक्नुहुन्छ ? म आफ्ना पूर्व प्रेमीलाई घृणा गर्दिनँ, मैले त्यस्तो गर्न नै किन पर्यो र ? ’

यो मौकामा निनाले विवियन रिचर्डस्को कुरा गर्दै भनिन्, ‘यदि मलाई कोही मानिस त्यस्तो खराब लाग्छ भने म उसको बच्चाको आमा नै किन बन्छु होला र ? म पागल छु र ?’

निनासँग यो अन्तरवार्तामा छोरी मसाबा पनि थिइन् । मसाबा आफ्ना पिता विवियन रिचर्डस्सँग निकै राम्रो सम्बन्ध साझा गर्छिन् । मसाबाले बताए अनुसार उनकी आमाले कहिल्यै पनि यी दुईबीचको सम्बन्ध खराब गर्ने कोसिस गरिनन् । मसाबाले भनिन्, ‘बुवासँग मेरो सम्बन्ध निकै राम्रो छ र उहाँले मलाई आफ्नो निर्णय गर्न दिनुहुन्छ । एक व्यक्तिको मेरो नीजि जीवनमा कस्तो भूमिका हुनेछ भन्ने कुराको म आफैँले निश्चित गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप