आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वार्नर पुरानै क्लबमा फर्कने

सोमबार, २३ साउन २०७९, १३ : ४७
सोमबार, २३ साउन २०७९

चेल्सीका स्टार खेलाडी टिमो वार्नर पुरानै क्लब आरबी लाइपजिग फर्कने भएका छन् । गत सिजन मात्र चेल्सी गएका उनी सम्झौता सकेर बसेका छन् । प्रिमियर लिग क्लबसँगको सम्झौता सकेर बसेका वार्नर पुनः लाइपजिग फर्कने भएका हुन् ।

चेल्सीका लागि उनले ५६ लिग खेल खेल्दै १० गोल गरेका थिए । जर्मन स्टार वार्नरले राष्ट्रिय टोलीका लागि ५३ खेल खेलेर २४ गोल गरेका छन् । चेल्सीले पछिल्लो सयम सिटीबाट ग्राबियल रहिम स्ट्रलिङलाई भित्राएको थियो ।

चेल्सी गएको पहिलो सिजनमा नै उत्कृष्ट प्रदर्शन गरेका वार्नरले नयाँ सिजनका लागि सम्झौता भने गरेनन् ।

उनी अहिले फ्रि ट्रान्सफरमा लाइपजिग जान लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप