काँग्रेस शीर्ष नेताको बैठक : गठबन्धनमा ६०–४० को तालमेल गर्न सुझाव

नेपाली काँग्रेसका शीर्ष नेताको बैठकमा स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने आवाज उठेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा गठबन्धनमा तालमेल गर्दा स्वाभाविक ढङ्गले सिट बाँडफाँट गर्नुपर्नेमा कुरा उठेको हो ।
माओवादी केन्द्र एकीकृत समाजवादी, जसपा र जनमोर्चाले अस्वाभाविक माग राख्दा मत ट्रान्सफर गराउन गाह्रो हुने काँग्रेस नेताहरूको भनाइ थियो । बैठकमा भएको छलफलबारे ती नेताले भने, ‘जहाँ स्वाभाविक छ । त्यो ठाउँमा मत ट्रान्सफर गराउन पनि सजिलो हुन्छ ।’ सहमहामन्त्री किशोर राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायतले दुई वटा कुरामा ध्यान दिनुपर्ने बताएका थिए ।
‘गठबन्धन जोगाउनु पनि पर्नेछ । साथै सिटको तालमेल गर्दा स्वाभाविक खालको बनाउनुपर्छ,’ नेताहरूले भनेका थिए, ‘त्यसो गर्दा तलको साथीहरूले स्वीकार गर्छन् । अस्वाभाविक गर्दा स्वाभाविक हुने नेताहरूको भनाइ छ । तर बैठकमा सहभागी एक नेताका अनुसार आज माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको कुरा सुनेर मात्र आफ्नो प्रस्ताव राख्ने बैठकले निष्कर्ष निकालेको छ ।
यस्तै बैठकमा नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सामेल गराउँदा राम्रो हुने बताएका थिए । ‘लोसपालाई पनि गठबन्धनमा ल्याउँदा राम्रो हुन्छ । मधेसमा एमाले र लोसपाको गठबन्धन रोक्न पनि हामीले उदार हुनुपर्छ,’ उनले बैठकमा भनेका थिए ।
आज गठबन्धन सम्बद्ध बाँकी दलको कुरा सुनेर फेरि बस्ने गरी बैठक सकिएको छ । आज दिउँसो ३ बजे आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।
बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने छ । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ ।
कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।
प्रदेशमा पनि कर्णाली बाहेकमा काँग्रेसले एकल बहुमत आउने गरी दाबी प्रस्तुत गरेको छ। एक्लै बहुमत नजिक पुग्ने काँग्रेसको दाउ र आफ्नो समर्थन बिना बहुमतमा जान नदिने माओवादी र समाजवादीको रणनीति देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनीमा चक्रपथ स्तरोन्नति सुरु
-
थाइल्यान्डमा सांस्कृतिक र पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
-
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
-
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
-
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाइसकेको छैन