बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

सोमबार, २३ साउन २०७९, १३ : २१
सोमबार, २३ साउन २०७९

हिमालय एअरलाइन्सले सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको विवरण सार्वजनिक गरेको छ ।  एअरलाइन्सले महामारीका वर्षहरूमा आपूmले निभाएका संस्थागत सामाजिक उत्तरदायित्त्वहरूको प्रतिवेदन जारी गरेको हो । 

हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरे ।  प्रतिवेदन विमोचनमा दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पार्यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतिपूर्ण रहे ।

यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै  समाज र राष्ट्रको उन्नतीको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो । यस सन्दर्भमा सम्भव भएसम्म महत्वपूर्ण योगदान दिन सफल पनि भएको छ । समग्र वृद्धि र सामाजिक कल्याण हाम्रा व्यवसायका दुई प्रमुख पक्षहरू हुन्, जसमा हामी निरन्तर रुपमा हाम्रो व्यवसायको विकास–उन्मुख भविष्यको मार्ग सुरक्षित गर्न प्रतिबद्ध छौं ।’

सन् २०२० मा देखापरेको कोभिड–१९ को प्रकोपसँगै संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको स्वीकार गर्दै हिमालयले अग्रगामी रुपमा नेपाल सरकारको कोभिड–१९ कोषमा रू. १० लाख सहयोग गरेको थियो । यस्तै कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन तथा विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य गरेको थियो । 

यस्तै विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्यमा  पनि कम्पनीले योगदान दिएको थियो । नेपाल सरकारसँग सहकार्य गर्दै भेरोसेल भ्याक्सिनको २,००,००० डोज ल्याउन रू. २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरिएको पनि एनसेलले जनाएको छ । 

एअरलाइन्सले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व ब्यानर अन्तर्गत एक गैर–सरकारी संस्था “प्रयास नेपाल”लाई पनि साथ दिँदै आएको छ । यस्तै बाल–बालिकाहरूको सपना साकार पार्न “शिक्षा तर्फका पाइलाहरू” कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान समेत पु¥याउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप