शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै पेन डाउन

सोमबार, २३ साउन २०७९, १३ : १०
सोमबार, २३ साउन २०७९

सिंहदरबारका नायव सुब्बाहरूले सोमबारदेखि पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै  सोमबारदेखि आन्दोलन सुरु गरेको पोखरेलले बताए ।

उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । आफूहरुले राखेको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पोखरेलले बताए । सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले आफूलाई सुप्रिम ठान्दा यस्तो समस्या भएको बताए ।

‘बजेटमा जुन तलब बृद्धि भएको छ त्यो कार्यन्वयन हुँदैन । उच्चस्तरीय तलबमान आयोग गठन गरेर ट्रेड युनियनलाई समेत राखेर रिपोर्ट बनाएर अघि बढ्नुपर्छ’ पोखरेलले भने, ‘सुब्बा र अधिकृतको तलब अन्तर १५ हजार बनाएको छ । यसलाई तलब प्रणालीमा नलगेर सुखै छैन ।’  उनीहरुले नायब सुब्बाको बढुवामा ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको मूल्याङ्कन अंकभार राखिनुपर्ने माग राखेका छन् । राज्य सञ्चालनमा आफूहरूको महत्वपूर्ण योगदान रहेको नायब सुब्बाहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप