शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी माहोल बनाउन महरा दाङमा

सोमबार, २३ साउन २०७९, १२ : ३७
सोमबार, २३ साउन २०७९

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै दाङ क्षेत्र नम्बर दुईको चुनावी क्षेत्रमा केन्द्रीत भएका छन् । आफ्नो चुनावी क्षेत्र अवलोकन गर्न गत साउन १९ गते महरा दाङ आएका हुन् । दाङ आएपछि महरा आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने, छलफल गर्नुका साथै विकास निर्माण अवस्थाका विषयमा अवलोकन गरेका छन् ।

 ‘अहिले महरा सर आफ्ना मतदातालाई भेटेर छलफल गर्ने सुख दुःख साटासाट गर्नेगरी रहनुभएको छ । बिरामी परेका मतदाता र मृतकका परिवारलाई भेटेर सान्त्वना दिई रहनुभएको छ’ महराको सचिवालयका एक सदस्यले भने, ‘खास महरा सर मंसिर ४ गते चुनाव हुने भएपछि चुनावी माहोल मसिनो गरी बुझ्न दाङ आउनु भएको छ ।’

यौन दुराचारको आरोप लागेपछि महरा निक्कै कमजोर भएका छन् । यौन दुराचारको आरोपमा सफाइ पाएपनि राजनीतिक रुपमा उठ्न सकेका छैनन् । त्यसैले महरा दाङको चुनावी क्षेत्रबाट निर्वाचित हुनेगरी माहोल बनाउन आफ्नो क्षेत्र आइपुगेका हुन् । महरा आगामी मंगलबार काठमाडौं फर्किए पनि केहीदिन काठमाडौ बसेर पुनः दाङ फर्किने योजना बनाएका छन् ।

 महराले अहिलेसम्म आगामी चुनाव लड्ने योजना बनाएका छन् । महरासँग एमाले महासचिव शंकर पोखरेल चुनाव लड्ने भएपछि उनलाई थप चुनौती बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप