नेपालगञ्जमा बाल उद्यान बनाइँदै
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।
यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको करिब पाँच दशमलव पाँच कठ्ठा जग्गामा पहिलो चरणमा रेष्टुराँ, पार्किङ, फुटपाथ, सटरसहितको आधारभूत काम हुनेछ ।
डिपिआर अनुसार आधुनिक संरचना सहितको बाल उद्यान र दुई तले रेष्टुराँ निर्माण गरिनेछ । यसबाट बागेश्वरी मन्दिरको सौन्दर्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । पहिलो चरणको निर्माण सम्पन्न भएपछि दोस्रोचरणको निर्माण कार्य अघि बढाइने उपमहानगरपालिका प्राविधिक शाखा प्रमुख भूपेन्द्र बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने