शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तिम ड्राफ्टको तयारीमा चलचित्र एआर, पुष १ गतेबाट छायाङ्कनको तयारी

सोमबार, २३ साउन २०७९, १२ : १८
सोमबार, २३ साउन २०७९

डार्क कमेडी जनरामा निर्माणको तयारीमा रहेको चलचित्र ए.आरको अन्तिम ड्राफ्ट तयार भएको छ । विगत चार वर्षदेखि ए.आरका लागि काम गरिरहेको र हाल अन्तिम ड्राफ्टमा मिहिनेत भइरहेको चलचित्रका लेखक विवेक पाण्डेयले रातोपाटीलाई बताए । 

‘मितज्यू’हरूको जीवन र उनीहरूको जर्नीको कथा बोल्ने चलचित्र आउने पुस १ गतेबाट छायाङ्कनका लागि फ्लोरमा लैजाने तयारी पनि निर्माण टिमले बताएको छ । ओस्कार कलेजबाट फिल्म लेखन तथा निर्देशनमा पास आउट विद्यार्थी समेत रहेका पाण्डेले ए.आर.को निर्माणमा अधिकांश ओस्कार कलेजकै टिम रहने बताए । जसमा तरा रोसियाराले सह लेखनमा, आरती पाण्डेले डाइलक सुपर भाइजरमा सहयोग गरिरहेका छन् भने एशोसिएट निर्देशनमा किशोर भट्ट रहने छन् । 

चलचित्रको मुख्य अभिनेतामा सौगात मल्ल रहनेछन् भने सह अभिनेतामा ओस्कार कलेजबाट पास आउट नयाँ अनुहार देख्न सकिने छ । यद्यपि निर्माण टिमले सौगातका कुनै प्रतिक्रिया दिएन । ‘हामी छिट्टै नै चलचित्रको पूरा नाम र निर्माण टिम अनि कलाकारहरूको छिनोफानो गरेर पोस्टरसहित सार्वजनिक गर्छौ’, लेखक पाण्डेले भने । 

चलचित्र ‘अमेरिका ब्वाइज’ र ‘लप्पन छप्पन २’ मा लेखकका रूपमा रहेका पाण्डे चलचित्र ए आरमार्फत निर्देशनमा पनि आउने तयारीमा छन् भने चलचित्रको केहि प्रतिशत लगानी पनि आफै व्यहोर्ने योजनामा छन् । यद्यपि यो चलचित्र कुन कम्पनीबाट तयार हुँदैछ त्यो भने अझै पक्का नभएको पाण्डे बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप