शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मदन पुरस्कारका लागि ८ कृति छनोट

सोमबार, २३ साउन २०७९, १२ : ०६
सोमबार, २३ साउन २०७९

मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् । २०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कृतिहरू र अकारादि क्रममा निम्न लिखित छन् । 

अग्नि–डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास–    डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा–    वसन्त बस्नेत
यादको सन्दुक– दीपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत–    नेपाली शब्दकोश–    प्रा नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा–    सुजित मैनाली
हिति प्रणाली–    पद्मसुन्दर जोशी

यीमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप