आर्यनले साइन गरे नयाँ फिल्म ‘सायरा’
अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो, ‘सायरा’ । उनले आइतबार मात्र निर्माण कम्पनी डिबिआर मिडिया एण्ड मुभिज प्रालिसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् ।
रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।
उनले सुहाउँदो क्यारेक्टर पाएपछि फिल्म गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायाङ्कन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायाङ्कनको तयारी भइरहेको बताए । ‘फिल्ममा सोसल ड्रामासँगै प्रेमकथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने ।
उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिनेछौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए । उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायाङ्कन गर्न लागिएको बताए ।
फिल्मको अधिकाँश छायाङ्कन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए । पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केहि समय अगाडी निर्माण तथा अभिनय गरेको फिल्म ‘कायारा’ झैँ सुनिने उस्तै नाम भएको ‘सायरा’ मा काम गर्ने तयारी गर्न लागेका हुन् । केहि फिल्मको तयारीमा रहेका आर्यनले यो फिल्म आउँदो दसैँ र तिहारको समयमा छायाङ्कन गर्ने गरी तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की