शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बस दुर्घटना २० जना घाइते

सोमबार, २३ साउन २०७९, ०९ : ५८
सोमबार, २३ साउन २०७९

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको  वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप