आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लेस्टर बराबरीमा रोकियो

आइतबार, २२ साउन २०७९, २३ : ५०
आइतबार, २२ साउन २०७९

लेस्टर सिटी प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा बराबरीमा रोकिएको छ ।  आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता लेस्टर सिटीले लिएको थियो । 

लेस्टरले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न पुग्यो ।  लेस्टरका लागि टिमोथीले खेलको ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाए ।

यता ब्रन्टफोर्डका लागि खेलको ६२ औं मिनेटमा इभान टोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । ८६ औं मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई हारबाट जोगाए ।  पहिलो खेलमा बराबरी खेलेका लेस्टर र बर्नफोर्डले एक–एक अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप