बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाख्राको जस्तो स्वर भएको भन्दै शोबाट निकालिएकी शकिरा, जसका १२.५ करोड एल्बम बिक्री भए

आइतबार, २२ साउन २०७९, २२ : ०६
आइतबार, २२ साउन २०७९

१३ वर्षको उमेरमा सांगीतिक करियर सुरु गरेकी शकिराको हालसम्म विश्वभर १२.५ करोड प्रति एल्बम बिक्री भइसकेका छन् । शकिरा स्पोटिफाईमा सबैभन्दा बढी स्ट्रिम हुने ल्याटिन अमेरिकी गायिका पनि हुन् । आज ३० करोड डलरकी धनी यी लोकप्रिय पप स्टार कर छलि मुद्दाका कारण समाचारमा छाएकी छन् । १ करोड ४५ लाख डलर छलेको आरोपमा उनलाई ८ वर्षसम्मको सजायको माग गरिएको छ । 

केहीअघि उनको १२ वर्षदेखिका प्रेमी फुटबलर पिके सँगको सम्बन्ध विच्छेद भएको समाचार आएको थियो । 

शकिराको घर जग्गा
छुट्टिनुअघि शकिरा र उनका पार्टनर जेरार्ड पिके स्पेनको एउटा भव्य बंगलामा बस्थे, जुन ५९ लाख डलरमा किनिएको थियो ।  शकिरा र पिकेको संयुक्त घरमा सात शयन कक्ष, झरनासहितको स्विमिङ पूल, जिम, दुईवटा भान्छा र एउटा निजी थिएटरलगायत अन्य सुविधाहरु छन् । 

मुख्य घर छेउमा रहेका दुई अन्य भवनहरू जेरार्ड पिके र शकिराका अभिभावकका लागि बनाइएका हुन् । तीन घरको साझा पौडी पोखरी रहेको छ । तर अब दुई जोडी छुट्टिएपछि यो सम्पति के गरिने हो निर्णय भएको छैन ।
स्पेनको घरअघि शकिराको मियामीमा विलाशी घर थियो, जुन उनले ३८ लाख डलरमा किनेकी थिइन् । ६ शयनकक्ष र ८ बाथरुम भएको उक्त घर उनले २०२१ जनवरीमा १ करोड १६.४ लाख डलरमा बेचिन् ।

त्यसबाहेक पनि उनका युरुग्वेमा १२ एकडको फार्म छ, जुन फार्म भित्र रेकर्डिङ स्टुडियोको पनि सुविधा छ ।

बहामासमा निजी टापु
सन् २०११ शकिराले बहामासमा एउटा निजी टापु किनिन् । यी ल्याटिन अमेरिकी स्टारले गायक एलेजान्ड्रो सान्ज र पिंक फ्लोयड ब्याण्डका सदस्य रोजर वाटर्ससँग मिलेर उक्त जमिन किनेकी थिइन् । ५५० एकड क्षेत्रफलको टापूलाई उनीहरुले १ करोड ५० लाख डलरमा किनेका थिए । 

बाख्राजस्तो आवाज भनेर शोबाट निकालिएकी थिइन् 
आज आफ्नो स्वरले विश्वलाई मोहनी लगाएकी शकिरा ११ वर्षको उमेरमा विद्यालयको सामूहिक गायनमा बाख्राको जस्तो स्वर भएको भन्दै निकालिएकी थिइन् ।  सन् २००९ मा शकिराले एक अन्तर्वार्तामा कहिलेकाहीँ उनी आफैलाई पनि उनको आवाज बाख्राको जस्तो लाग्ने गरेको बताएकी थिइन् । 

गीत गाउन भाषा नै सिक्छिन् 

सन् २०१० को फिफा विश्वकपको एन्थम गित ‘वाका–वाका’ गीत गाउने बेलामा गीत निर्माताहरूले शकिरालाई गीतको अनुवाद गराउन आग्रह गरेका थिए ।  तर यो सुनेर शकिरालाई क्रुद्ध भइन र अनुवाद गर्नुको सट्टा अंग्रेजी भाषा नै सिकिन् । मातृभाषा स्पेनिस रहेको शकिरालाई त्यसबाहेक पोर्चुगिज, इटालियन, अंग्रेजी र अरबी भाषाहरू आउँछ । 

१० वर्ष कान्छा जेरार्डसँग लिभ–इनमा
शकिरा र जेरार्डको सन् २०१० फिफा विश्वकपमा भेट भएको थियो । दुवै जना ‘वाका–वाका’ गीतमा सँगै देखिएका छन् ।  जेरार्ड र शकिराले लामो समय सम्बन्धमा रहे पनि उनीहरुले विवाह गरेनन् । दुई जनाको सम्बन्धबाट दुई सन्तान छन् । जेरार्ड शकिराभन्दा १० वर्ष कान्छा छन् । 

१२ वर्षको सँगै बसाइपछि सन् २०२२ को जुनमा शकिराले आफ्नो पार्टनरबाट अलग हुने निर्णय गरिन् । पिकेले चिट गरेपछि उनले यस्तो निर्णय लिएको बताइन्छ । 

शकिराको आम्दानीको स्रोत
बीबीसीका अनुसार शकिराले सन् २००८ मा लाइभ नेसनसँग ३ करोड डलर प्रति वर्षको सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।  जनवरी २०२१ मा, शकिराले आफ्ना १४५ गीतहरूको प्रकाशन अधिकार हिपग्नोसिससँग फण्डलाई बेचिन् । यो सम्झौता लगभग १० करोड डलरको भएको विश्वास गरिन्छ । 

शकिरा सन् २०१३ मा सांगीतिक शो द भ्वाइसमा जज हुँदा उनले १.२ करोड पाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप