आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुस-युक्रेन युद्ध : कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर रुसमा गाभ्ने तयारी

आइतबार, २२ साउन २०७९, २१ : १४
आइतबार, २२ साउन २०७९

रुसले युक्रेनमा कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ । कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट–टप बक्स दिइएको छ । युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ । 

इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ । यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ ।  निलो, सेतो र रातो होर्डिङमा लेखिएको छ, हामी एक छौं, हामी रुसका साथ छौं । रुसी राष्ट्रपति पुटिन आफ्नो कब्जामा रहेको क्षेत्रमा रुसले जित्ने गरी जनमत संग्रह गराउन चाहन्छन् । 

रुसको कब्जामा रहेका युक्रेनको दक्षिणमा खेरसनजस्ता सहर र गाउँहरूमा रुसी नियुक्त प्रशासकहरूले सेप्टेम्बरमा चुनाव गराउने तयारी गरेका छन् ।  यो भोटको नतिजामार्फत यस क्षेत्रका जनता रुससँग बस्न चाहन्छन् भन्ने कुरा थाहा हुनेछ । 

नयाँ निर्वाचन आयोगहरूमा रूसीहरू नियुक्ति भइरहेका छन् । युक्रेन र पश्चिमी देशका अधिकारीहरूले भने हाल गरिने कुनै पनि जनमत संग्रह वैध नहुने बताएका छन् ।  युक्रेनका विश्लेषकहरूले जनमत संग्रहमार्फत पुटिनले युक्रेनका नियन्त्रित भूभागको नियन्त्रणलाई वैधता दिने प्रयास गरेको बताएका छन् ।

रूसी अधिकारीहरूले जनमत संग्रह गर्न खोजेका चार क्षेत्रमध्ये एकमा पर्छ , खेरसन क्षेत्र । त्यसबाहेक जोपोरभिझिया, लुहान्स र दोनेत्स्क क्षेत्रमा पनि जनमत संग्रह हुनेछ । ​ जनमतसंग्रहको तयारीको बीचमा, पुटिनले गत महिना यी क्षेत्रको पूर्ण नियन्त्रण लिन चाहेको बताएका थिए ।  –न्युयोर्क टाइम्स
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप