शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको कचनकवलमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

आइतबार, २२ साउन २०७९, २० : ५९
आइतबार, २२ साउन २०७९

झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् ।

आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप