कार्तिकमा आउने भयो मह जोडीको ‘महापुरुष’

person explore access_timeसाउन २२, २०७९ chat_bubble_outline0

वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।


जसको जानकारी कलाकार आचार्यले सामाजिक संजाल मार्फत गराएका छन् । षट्कोण आट्र्स प्रालिबाट निर्माण भएको फिल्ममा मह जोडीका अलवा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल र नव–कलाकारद्धय अरुण क्षेत्री र अन्जना बराइलीको मुख्य भूमिका छ ।



प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिपेश खत्रीको लगानी छ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।   





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।