खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी फेरि खोलामै

गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बाढीले पुरिएको बस्ती खोतल्दै स्थानीयवासी पुरानै थलोमा बस्न थालेका थिए, तर मेलम्ची बजार क्षेत्र फेरि जोखिममा परेको छ ।
खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा छ । केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ । मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपेको छ । मेलम्ची नदीले धार बदलिरहेको छ ।
नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन् । जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन् । पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठले बताए ।
नदीलाई पुरानै लयमा फर्काउनकै लागि गएको असार अन्तिमसम्म पनि खोलाभरि तटबन्धको काम चलेको थियो । तर खोलाले निरन्तर गेग्रान ल्याएर मेलम्ची दोभान क्षेत्रमा थुपारेपछि तटबन्ध पुरिएर खोला वारपार हुँदै बग्न थालेको छ । जसका कारण खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी खेर गएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नदीले गर्ने क्षति नियन्त्रणका लागि अझै पनि काम भइरहेको बताए ।
उनले पुल, सडक र बस्ती जोगाउन सक्दो प्रयास गरिरहेको बताए । लगातारको वर्षाले मेलम्ची आसपासमा बाढीपहिरो बढिरहेको छ भने सडकखण्ड अवरुद्ध भइरहेका छन् । नागरिक त्रासमा जीवन बिताइरहेका छन्, बर्खाको समयमा नागरिकलाई झोलुङ्गे पुलबाहेक वारिपारि गर्न अन्य विकल्प पनि रहेको छैन । गत वर्षको बाढीपश्चात भूगर्भविद्हरूले मेलम्ची खोलाको तटीय क्षेत्रमा बसोबास नगर्न सुझाव दिएका छन् । तर पनि स्थानीयवासीले थातथलो नछाडेका कारण जनधनको क्षति हुनसक्नेतर्फ भने सबैको ध्यान पुग्न जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का