‘तेस्रो द ब्रिटिस कप २०२२’ टोर्नामेन्टको उपाधि ब्रिटिस कलेजले जित्यो
द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो ।
उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस रएपेक्स कलेजबीच प्रतिस्पर्धा भएको हो । शुक्रवार भएको यी दुई कलेजबीचको फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयमा यी दुईबीचको खेल एक/एक गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ । टोर्नामेन्टको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भए भने उत्कृष्ट गोलरक्षक नोवाहाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते ।
द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने,‘हाम्रो विद्यार्थीहरुले टोर्नामेन्टमा सहभागीमात्रै भएनन्, टोर्नामेन्ट जित्नपनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’
कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका आंशिक प्राध्यापकलाई करार बनाउने प्रक्रिया अघि बढ्यो
-
‘सिकन्दर’को सेटमा बढाइयो सलमानको सुरक्षा
-
मानव तस्करी प्रकरणमा यसरी पक्राउ परे कोशीका निवर्तमान मन्त्री, तस्बिरहरु
-
लिलाबल्लभको प्रतिक्रिया– म अनुसन्धानलाई सहयोग पुर्याउन हिँडे
-
प्रहरी नियन्त्रणमा रहेका लिलाबल्लबलाई प्रहरीले निवासबाट लग्यो
-
हमास–इजरायलबिच मध्यस्थताबाट किन पछि हट्यो कतार ?