बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लोसपालाई सरकारमा ल्याउन गठबन्धन बाधक

आइतबार, २२ साउन २०७९, १९ : ४३
आइतबार, २२ साउन २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा भित्र्याउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएपनि गठबन्धनमा रहेका अन्य दलहरु सकारात्मक नभएपछि लोसपा सरकारमा जानबाट बन्चित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवा र लोसपाका शीर्ष नेताहरुबीच भएको छलफलमा सो कुरा आएको हो ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँग छलफलको क्रममा प्रधानमन्त्री देउवाले सरकारमा ल्याउने विषयमा गठबन्धनमा छलफल जारी रहेको र अहिलेसम्म निष्कर्षमा नपुगेको कुरा राखेका थिए । ‘तपाईहरुलाई सरकारमा ल्याउन गठबन्धनमा छलफल भइरहेको छ, कुरा मिलेको छैन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि पुनः छलफल गरेर यो कुरालाई अगाडि बढाउनेछु’  देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘प्रचण्डसँग कुरा गरेर लोसपालाई सरकारमा ल्याउने वातावरण बनाइनेछ ।’

लोसपा पनि सरकारमा जान इच्छुक देखिएको छ । मधेशको मागहरु सम्बोधन भयो भने सरकारमा जान तयारी अवस्थामा लोसपा रहेको छ । नागरिकता विधेयक पारित भइसकेको छ । केही झुठा मुद्दाहरु फिर्ता लिने विषयमा सरकार र लोसपाबीच छलफल चलिरहेको छ । यो हप्ताभित्र ती मागहरु पनि पुरा हुनेगरी काम अगाडि बढेको छ । ती माग पुरा भयो भने लोसपा सरकारमा जाने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप