बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जनमोर्चाको दोहोरो चरित्र : गठबन्धनको विरोधसँगै सहकार्य

आइतबार, २२ साउन २०७९, १९ : २८
आइतबार, २२ साउन २०७९

विभिन्न मुद्दामा सत्तारुढ गठबन्धनको विरोध गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा गठबन्धनसँग मतभेद भए पनि सरकारले घोषणा गरेको निर्वाचनमा गठबन्धन नै गरेर जाने पार्टीले उल्लेख गरेको हो । 

जनमोर्चाले आइतबार विज्ञप्ति जारी गर्दै एमसीसी, नागरिकता विधेयक लगायतमा आफ्नो मतभेद हुँदाहुँदै पनि चुनावमा गठबन्धनका दलहरूसँग तालमेल गर्ने जनाएको छ । जनमोर्चाले भनेको छ, ‘हामीले अहिले चुनावी तालमेल गरेका पक्षहरूसित हाम्रा गम्भीर मतभेद रहेको कुरा स्पष्ट गर्दै आएका छौँ । संघीयता, एमसीसी, नागरिकता विधेयकमा हाम्रा बिचमा तीव्र मतभेद छन् । तर पनि प्रतिगमनको विषयमा उनीहरूसँग हाम्रो सहकार्य हुँदै आएको छ । हाम्रो त्यो नीति विरोधीहरूसित विरोधका बीचबाट गरिने सहकार्य हामीले अपनाउँदै आएको कार्यनीति हो । जुन सही र वस्तुनिष्ठ रहेको छ ।’ 

यस्तै जनमोर्चाले प्रतिगमनको खतरालाई निर्णयार्थ रूपले पराजित गर्न पाँच दलीय चुनावी तालमेललाई सफल पार्न आफू प्रयत्न रहेको पार्टी अध्यक्ष चित्रबहादुर केसीले उल्लेख गरेका छन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाका चुनावका लागि गरेको घोषणालाई जनमोर्चाले स्वागत पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप