शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुटपाथ व्यवसायीद्वारा उपमहानगरविरुद्ध आन्दोलन

आइतबार, २२ साउन २०७९, १८ : ४०
आइतबार, २२ साउन २०७९

जानकी मन्दिर आसपासको क्षेत्रमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीले जनकपुर उपमहानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार जनकपुरधाममा प्रदर्शन गर्दै उनीहरुले व्यवसायका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । फुटपाथ खाली गरेको एकसाता भन्दा बढी दिन बित्दापनि जनकपुरधाम उपमहानगरले प्रतिबद्धताअनुसार व्यवस्थापन नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको व्यवसायी सुशील कर्णले जानकारी दिए ।

उनले आफूहरूलाई व्यवस्थापन नगरिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप