अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा : कम्तीमा १२ जनाको मृत्यु
आइतबार, २२ साउन २०७९, १८ : ०७
अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फैलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरू मध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।
प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन् ।
संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) को आर्थिक सहयोगमा स्थानीय अधिकारीहरूले यस प्रान्तमा सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विभिन्न किसिमका पाँचवटा प्रतिक्रिया टोलीहरू स्थापना गरेको पनि अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा