बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिभिजन वन कार्यालयका तत्कालिन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आइतबार, २२ साउन २०७९, १७ : २२
आइतबार, २२ साउन २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  उनीहरुले आर्थिक वर्ष २०७६–७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सव–इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् ।  दायर गरिएको मुद्दामा उनीहरुसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप