शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए अन्तर्गतको मिडिया टाक्स फोर्स गठन

आइतबार, २२ साउन २०७९, १७ : १५
आइतबार, २२ साउन २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ताद्यय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ ।

प्रवक्ताद्वय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), ददि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।  

समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ । गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरनजिवी खड्काले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप