बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो नेपालमा छायाङ्कन भएको ‘उचाइ’

आइतबार, २२ साउन २०७९, १७ : ०९
आइतबार, २२ साउन २०७९

नेपालमा समेत छायाङ्कन भएको फिल्म ‘उचाइ’ को फष्टलुक सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो ।  पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पनि यी तीनै पात्र समेटिएको हो । 

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका छ । नेपालको बिभिन्न हिमाली भेगमा छायाँकन भएको फिल्म आगामी ११ नोभेम्बरमा रिलिज हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप