बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने काँग्रेस (बीपी) को निर्णय

आइतबार, २२ साउन २०७९, १८ : ०८
आइतबार, २२ साउन २०७९

नेपाली काँग्रेस (बीपी) ले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले सबै निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट उमेदवार उठाउने निर्णय गरेको प्रवक्ता शिव सिम्खडाले जानकारी दिए । 

उनका अनुसार आम निर्वाचनको सन्दर्भमा केन्द्रीय कार्यालय सञ्चालन गर्न सहमहामन्त्री जगन्नाथ घिमिरेलाई तोकिएको छ ।  यस्तै बैठकले निर्वाचन परिचालन गर्नका लागि केन्द्र, प्रदेश र जिल्लास्तरमा कमिटीहरु गठन गर्ने निर्णय  पनि गरेको छ । बैठकले हालको तरुण दल बीपीको नाम परिर्वतन गरी नेशनल युथ काँग्रेसको नामकरण गरेको प्रवक्ता सिम्खडाले जानकारी दिए । यस्तै  पार्टीको उदयपुर जिल्ला संयोजकमा प्रशान्त कुमार राईलाई मनोनयन  गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप