शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

आइतबार, २२ साउन २०७९, १७ : ०९
आइतबार, २२ साउन २०७९

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ । महासंघले भदौ २ देखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो ।

महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरूलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताइन् । उनले मेलामा व्यवसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको बताइन् । अध्यक्ष खत्रीले मेलामा सातै प्रदेशका महिला उद्यमीहरु सहभागी हुने बताइन् ।  

त्यस्तै, छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले  मेलामा जिल्ला स्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्रीहरु स्टलमा राखिने बताइन् ।  मेलाले उद्यमी महिलाहरुको सीप र सिर्जनालाई अगाडि ल्याएर अन्तर्राष्ट्रिय बजारमा पहिचान पु¥याउने उदेश्य महासंघले लिएको छ । ज्ञवालीले मेलामा १०९ स्टलहरू राखिने बताइन् ।  नेपाली महिला उद्यमी बाहेक भारत पाकिस्तान,बङ्गलादेशका महिला उद्यमी उत्कृष्ट उत्पादन किन्ने अवलोकन गर्न पाइने बताइन् ।  

उक्त मेलामा हस्तकलाका सामानहरूमा प्राकृतिक रेशाजन्य वस्तु,ढाका तथा घर बुनाइका सामान, हाते कागजका वस्तुहरु,पुष्प सामाग्रीहरु,जडिबुटी,गरगहना र सजावटका सामानहरु प्रदर्शनीमा राखिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप