कोरोना कहर : ४५ जनाको आईसीयुमा उपचार हुँदै

person explore access_timeसाउन २२, २०७९ chat_bubble_outline0

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बिरामी परेका ४५ जनाको आईसीयुमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा संक्रमणका कारण बिरामी परेका ४५ जना उपचाररत छन् । यस्तै भेन्टिलेटरमा तीन जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार संस्थागत आईसोलेसनमा १५२ जना रहेका छन् भने होम आइसोलेसनमा ५ हजार ५ सय ७ जना रहेका छन् । यस्तै, साउन  १ गतेदेखि यता १९ जनाको संक्रमणकै कारण ज्यान गएको छ । पछिल्लो २४ घण्टामा देशभर ५५३ जना संक्रमित भएका छन् भने ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका  छन् ।



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।