बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हेल्थ एट होममा रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा

आइतबार, २२ साउन २०७९, १६ : ००
आइतबार, २२ साउन २०७९

हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछयानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो ।

घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ । यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका  वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले गरेका थिए । विभागको नेतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गरेका छन् ।  विरामीहरुले यो अति आवश्यक सेवा प्रयोग गर्न सुरु गरिसकेका छन् । 

१२ वर्ष अगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप