शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट घर फर्कने नेपालीमा धमाधम कोरोना पुष्टि हुँदै

आइतबार, २२ साउन २०७९, १५ : ४५
आइतबार, २२ साउन २०७९

कैलालीको त्रिनगर भन्सार नाका हुँदै स्वदेश फर्कने नेपालीमा धमाधम कोरोनाभाइरस संक्रमण पुष्टि हुन थालेको छ । साउन १ देखि २१ गतेसम्ममा भारतबाट आएका नेपालीमा गरिएको परीक्षणका क्रममा  एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको हो । 

भारतबाट घर फर्केका २ हजार १३२ जनामा एन्टिजेन परीक्षण गर्दा ८७  जनामा संक्रमण पुष्टि भएको त्रिनगर हेल्थडेस्कका ल्याब टेक्निसियन जय ढुंगानाले रातोपाटीलाई जानकारी दिए । १ हजार ६१९ पुरुषमा परीक्षण गर्दा ६९ र ५ सय १३ महिलामा परीक्षण गर्दा १८ मा संक्रमण पुष्टि भएको उनले बताए । 

संक्रमित सबैलाई सेती प्रादेशिक अस्पतालमा पठाउने गरिएको छ भने पुष्टि नभएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए । त्यस्तै सेती प्रादेशिक अस्पतालमा साउन १ देखि २१ गतेसम्म ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । जसमध्ये २९ जना निको भएर घर गएका छन् ९ जना उपचाररत छन् । 

यो अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको ग्राफ बढे पनि जोखिम भने नभएको श्रेष्ठले बताए । यसैबीच कोरोना भाइरसको संक्रमणदर उकालो लागेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले जोखिम न्यूनीकरणका लागि तयारी थालेको छ । जोखिम न्यूनीकरणका लागि जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न सचेतनाका अभियान संचालन गरेको प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप